अत्याधिक बढ्यो संक्रमण, एकै दिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

Corona news 10

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । एकैदिन ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भउको छ । नेपालमा कोरोना संक्रमण सुरु भएको पछिल्लो ७ महिनामा यो एकै दिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
असोज २५ गते नेपालमा २ हजार ७१ जनामा संक्रमण देखिएको थियो, २६ गते ४ हजार ४७ पुग्यो, २७ गते ३ हजार ५ सय ५६ र २८ गते २ हजार ६ सय ३८ मा झ¥यो । कात्तिक ४ गतेसम्म कुनै पनि दिन नयाँ संक्रमितको संख्या ५ हजार नजिक पुगेको थिएन ।

तर ५ कात्तिकमा संक्रमितको संख्या झण्डै ६ हजारनजिक पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय ५ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् भने ७ सय ९१ जनाको कोरोनाबाट ज्यान गएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा संक्रियको संख्या २३ हजार नाघेको छ । काठमाडौंमा सबैभन्दा धेरै १८ हजार ८३ जना छन् भने ललितपुरमा २ हजार ९ सय ८९ र भक्तपुरमा १३ सय ८ छन् ।

उपत्यका बाहेक ११ जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० बढी छ । झापामा ६ सय १५, मोरङमा २ हजार ७ सय ७६, सुनसरीमा २ हजार ६ सय ६७, काभ्रेमा ५ सय ५३, मकवानपुरमा १ हजार १ सय ४० चितवनमा १ हजार ७४ र रुपन्देहीमा १ हजार ९ सय ७३, कास्कीमा ७ सय १३, दाङमा ७ सय २०, सुर्खेतमा ७ सय ९६ र कैलालीमा ६ सय ३९ संक्रिय संक्रमित छन् ।

कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ३१०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।

मोरङका ३६५ जना, रुपन्देहीका २४१, कास्कीका १७५, सुनसरीका १६०, चितवनका १४७, झापाका १२०, सुर्खेतका ११८, बाँकेका १०९, दाङका १०८, धादिङका ९८, मकवानपुरका ८५, सिन्धुपाल्चोकका ५६, दार्चुलाका ५३, काभ्रेका ५०, डोटीका ४३, नवलपुरका ४०, कैलालीका ३७, कपिलवस्तुका ३४, तनहुँ र पर्वतका ३२/३२ जना, धनुषाका ३०, गोरखा, बाग्लुङ र सल्यानका २९/२९ जना, दैलेखका २६ र बझाङका २५ जनामा संक्रमण देखिएको छ ।

सिराहाका २२ जना, बर्दियाका २१, नुवाकोट, नवलपरासी र पाल्पाका २०/२० जना, दोलखाका १८, सप्तरी र प्युठानका १७/१७ जना, कालीकोटका १६, इलाम, बारा, रौतहट र स्याङ्जाका १४/१४ जना, पर्साका १३, कञ्चनपुरका १२, सर्लाहीका ११, जुम्लाका १०, गुल्मीका ९, उदयपुर, महोत्तरी, रामेछाप, लमजुङ र अर्घाखाँचीका ६/६ जना, सिन्धुलीका ५, ओखलढुंगा, संखुवासभा, रुकुम पूर्व, जाजरकोट, अछाम र डडेलधुराका ४/४ जना, पाँचथर र हुम्लाका ३/३ जना, भोजपुर, रसुवा, म्याग्दी, रोल्पा र बैतडीका २/२ तथा खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...