चितवनमा थप १०४ जनामा कोरोना भाइरस संक्रमण

Co

चितवन । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको परीक्षणमा चितवनका ४६ जनासहित ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा जिल्लाका ५८ सहित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्रै २३ जना छन् । जसमध्ये ११ जना पुरुष र १२ जना महिला रहेका छन् । उनीहरु २२ देखि ७२ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी हस्पिटल, जयबुद्ध अस्पताल र क्वारेन्टिनबाट स्वाब लिइएको थियो ।

यस्तै खैरहनी नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ जना पुरुष र ६ जना महिला रहेका छन् । उनीहरु १४ देखि ६१ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

त्यस्तै माडी नगरपालिकाका ५ जना पुरुष र एक महिला गरी ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ५२ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

त्यस्तै रत्ननगर नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २३ देखि ३२ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो । यस्तै कालिका नगरपालिकाका १ जना पुरुष र राप्ती नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ४६ जना, रत्ननगर नगरपालिकाका ९ जना, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी २६ जना नवलपुर, तनहुँ, गोरखा, बारा, काठमाडौं र ललितपुरका छन् ।

प्रतिकृया दिनुहोस