बुटवलमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

Dead ihx8ctnygo 19

तिलोत्तमा । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुटवल–१७ मोतीपुरका बासिन्दा छन् ।

असोज २४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका देवीनगरका ४७ वर्षीय पुरुषको मंगलबार राति १ः१० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

त्यस्तै, असोज २७ गते पोजिटिभ नतिजा आई अस्पताल ल्याइएका मोतीपुरका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको गौतमले बताए । अस्पतालका अनुसार उनमा उच्च रक्तचापको समस्या थियो । दुवै बिरामी भेन्टिलेटरमा उपचाररत रहेका थिए । यससँगै उक्त अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...