विश्वभरमा ३ करोड वढीले जिते कोरोना

New york presbyterian queens hospital discharge ht jc 200413 hpmain 16x9 992

काठमाडौं । विश्वभरका ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७४ प्रतिशत व्यक्तिले कोरोनालाई जितेका छन् ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड ६३ लाख ९ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ३ लाख ५२ हजार ६९६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३७ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने २ लाख ३९ हजार २५४ जना निको भएर घर फर्किएका छन् ।

यस्तै एकै दिन थप ४ हजार ३८९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख २२ हजार ७५८ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८४ लाख ५६ हजार ६५३ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७५ लाख ९४ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै तेश्रो धेरै संक्रमण ब्राजिलमा संक्रमित संख्या ५२ लाख ५१ हजार पुगेको छ ।

प्रतिकृया दिनुहोस