भरतपुर अस्पतालमा उपचाररत नवलपुरका कोरोना संक्रमितको मृत्यु

Dead body 860x573 yu4fnfyud3 12

चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर विनय त्रिवेणी गाँउपालिका २ दुम्कीबासका ३६ वर्षीय पुरुष रहेका छन् । श्वासप्रश्वास र कलेजो सम्बन्धी समस्या रहेका उनको अस्पतालको कोभिड आईसीयूमा उपचारका क्रममा आज दिउँसो ४ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार ती पुरुष आज दिउँसो १२ बजे कोरोना संक्रमणसहित अस्पतालमा भर्ना भएका थिए । उनी असोज १३ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए लामो समयदेखि मुटु र कलेजोको उपचार गराइरहेको पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...