भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक लाख नाघ्‍यो

Corona 13 e1590631748141

छिमेकी भारतमा कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको हो । अहिले भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक लाख ८ सय ७५ पुगेको वल्डोमिटरले उल्लेख गरेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७१ हजार नाघेको छ । कोरोना सङ्क्रमण निको हुनेमा भारत विश्वमै सबैभन्दा अगाडि छ । विश्वभर कोरोना संक्रमित धेरै भएको देशमध्ये दोस्रो नम्बरमा रहेको भारतमा ५४ लाख २५ हजार निको भएका छन्।

विश्वभर सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा कोरोना पोजेटिभ हुनेको संख्या ७५ लाख ४९ हजार नाघेको छ । त्यहाँ अहिलेसम्म ४७ लाख ७६ हजार भन्दा धेरै निको भएका छन् अमेरिकामा मात्र कोरोनाले २ लाख १३ हजारको मृत्यु भएको छ।

यसैगरी तेस्रो स्थानमा रहेको ब्राजिलमा ४२ लाख ३२ हजार निको भएका छन् । ४ लाख ८२ हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा भारतमा भन्दा बढी १ लाख ४५ हजारको मृत्यु भएको छ।

नेपालमा भने अहिले संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । ५२० जनाको कोरोनाले मृत्यु हुँदा ६० हजार बढी डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी २७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...