पछिल्लो २४ घण्टामा ७३१ संक्रमित उपचारपछि डिस्चार्ज

Corona free

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ सय ३१ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ३१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५५ हजार ३ सय ११ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २० हजार ३ सय ९६ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ७ सय ७८ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या १० हजार ७ सय ७ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ६ सय ८९ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १० लाख ९ हजार २ सय ९८ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...