विराटनगर र धरानमा दुई संक्रमितको मृत्यु

Corona 1

विराटनगर । विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान मोरङको सुनवर्षी नगरपालिकाकी ७ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । असोज १० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका उनको आज बिहान ३ बजे निधन भएको प्रवक्ता डा निदेश सापकोटाका बताए। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

मृतकलाई नोबल मेडिकल कलेज विराटनगरले वीपीमा रिफर गरेको थियो। मृतकलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएर र कोभिड भएर वीपीमा रिफर गरिएको थियो। त्यसैगरी विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोशी अस्पतालमा भर्ना गरिएको केही बेरमै उनलेको मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक डा लक्ष्मीनारायण यादवले जानकारी दिए। यादवकाअनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको भन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

तत्काल आइसोलेसनमा राखेर उपचार थालिएका उनको दिउँसो ३ः०५ बजे मृत्यु भएको यादवले बताए। मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ। मृतकमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको डा यादवले बताए । अहिलेसम्म कोरोनाका कारण वीपी प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ। भने प्रदेश एकमा मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...