काठमाडौं उपत्यकामा घटेन कोरोना संक्रमितको संख्या, एकैदिन थपिए ८ सय १७ संक्रमित

Ktm9

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय १७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ६ सय ४९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ३२ र संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३६ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २२ हजार २ सय ९६ पुगेको छ । यसमध्ये काठमाडौमा १८ हजार १ सय ३०, ललितपुरमा २ हजार २ सय ३२ जना र भक्तपुरमा १ हजार ९ सय ६४ जना संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...