पछिल्लो २४ घण्टामा कोरोनाबाट थप चार जनाको मृत्यु

542313213

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

सुनसरीमा ३८ वर्षिया र भक्तपुरमा ५१ वर्षिया महिलाको मृत्यु भएको छ भने बाँकेमा ४७ वर्षिय र गुल्मीमा ३४ वर्षीय महिलाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

आज नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ। १० हजार ८० पीसीआर परीक्षण भएकोमा ४ सय ३६ महिला र ९ सय १५ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

काठमाडौंमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ४० जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...