थप ८,८५ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, निको हुनेको कुल संख्या ५३,८९८ पुग्यो

5f542984db02b 5f011867c919c coronavirus won

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ८५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १९ हजार १९ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार २ सय ८१ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या १० हजार ६ सय ९८ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख ८८ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...