होम आइसोलेसनमा बसेका बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख अग्रवालको मृत्यु

Coronavirus death body

नेपालगञ्ज । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना संक्रमणबाट नेपालगञ्जमा मृत्यु भएको छ ।

होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि शनिबारभेरी अस्पताल नेपालगञ्ज लगिएको थिगयो । तर बाटोमै उनको मृत्यु भएको हो ।

फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी होमआइसोलेसनमै बस्दै आएका थिए ।

आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...