झापा कारागारका १० जना कैदीबन्दीमा देखियो कोरोना संक्रमण

1600498223 ady4d

झापा । जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । आज झापामा थपिएका १४ जना कोरोना संक्रमितहरु मध्ये ९ जना पुरुष र एक महिला कैदी बन्दी रहेको बताइएको छ ।

काठमाडौँ पठाउनुपर्ने एक जना कैदीबन्दीको कोरोना परिक्षण गर्दा पोजेटिभ आएपछि कन्ट्याक टेसिङको क्रममा अन्य थप १० जना कैदीमा संक्रमण पुष्टि भएको हो ।

२२ जनाको पिसिआर परीक्षण गर्दा १० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको जनाइएको छ । कोरोना संक्रमित बन्दी २२, २५, २८, ३२, ३४, ३६, ३९, ६०, ६०, ७५ वर्ष उमेरका रहेको बताइएको छ । यससँगै झापामा कोरोनो संक्रमितको संख्या ८३६ पुगेको छ भने निको हुनेको सङ्ख्या ७५७ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...