पछिल्लो २४ घण्टामा थपिए १३१३ जना कोरोना संक्रमित

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १ हजार ४ सय ५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ। यस्तै ६ हजार ४ सय ६४ जना क्वारेन्टिनमा रहेका छन्।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...