चितवनमा उपचाररत बाराका एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि

Mritu kmwpvxmjzh

चितवन । चितवनस्थित अस्पतालमा उपचार गराइरहेका एक जना पुरुषको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल) कलेज मा उपचाररत् बारा कलैया नगरपालिका वडा नं. १० का ७७ वर्षीय पुरुषको मृत्युपछि आज सङ्क्रमण पुष्टि भएको हो ।

ती पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए । यही असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आज नै चितवन मेडिकल कलेजमा उपचारत् एक युवकको पनि कोरोना सङ्क्रमणबाट मृत्यु थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...