बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Mritu kmwpvxmjzh

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा बिहीबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा ११ बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए ।

अस्पतालका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा खराबी थियो । असोज ३ गते अस्पताल आएकी ती महिलाको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरी राखिएको थियो।

स्थिति जटिल बनेपछि बिहीबार बिहान भेन्टिलेटरमा सारिएकोमा साँझ साढे ५ बजे मृत्यु भएको हो । आजै बिहान कपिलवस्तु र नवलपरासीका दुई जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...