पछिल्लो २४ घण्टा कुन जिल्लामा कति जना संक्रमित थपिए ? यस्तो छ सुची

Corona news 10

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।

काठमाडौँ उपत्यकामा बिहिबार थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६०९, ललितपुरका ९५ तथा भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ। यस्तै ६ हजार ५ सय ६५ जना क्वारेन्टिनमा छन् ।

हेर्नुस् कुन जिल्लाका कति ?

 

प्रतिकृया दिनुहोस