काठमाडौँ जिल्लाका ६०९ सहित उपत्यकामा थपिए ७५५ कोरोना संक्रमित

Ktm9

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहिबार थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६०९, ललितपुरका ९५ तथा भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ। यस्तै ६ हजार ५ सय ६५ जना क्वारेन्टिनमा छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...