चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

Corona 4 1

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...