कोरोना संक्रमणबाट डडेल्धुरामा पुरुषको मृत्यु

Corona death1

डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।

केही दिनअघि भारतबाट घर पुगेका उनी श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि डडेल्धुरा अस्पतालमा भर्ना भएका थिए । मृतकको शव अहिले डडेल्धुरा अस्पताल मै राखिएको छ । नेपाली सेनाले व्यवस्थापन गर्ने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...