भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो

Corona 13 e1590631748141

भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार २१ पुगेको छ। हिजो मंगलबार एकैदिन एक हजार ५६ जनाको मृत्यु भयो । १ सेप्टेम्बर यता भारतमा हरेक दिन हजारभन्दा बढीको मृत्यु भएको छ। सेप्टेम्बरमा मात्र करीब २५ हजारको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म ५६ लाख ४० हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये ४५ लाख ८१ हजार ८२० जना निको भएका छन् ।

अहिले उपचाररत संक्रमितको संख्या नौ लाख ७६ हजार ४२० छ । यसअघि १० लाखभन्दा बढी सक्रिय संक्रमित थिए। पछिल्लोपटक निको हुनेको संख्या बढेको छ । त्यहाँ सोमबार एकैदिन एक लाखभन्दा बढी निको भएका थिए ।

भारत धेरै कोरोनाभाइरस संक्रमित हुने देशहरुको सूचीको दोस्रो नम्बरमा छ । सबैभन्दा बढी अमेरिकामा ७० लाख ९७ हजार संक्रमित फेला परेका छन् । धेरै मृत्यु हुनेको सूचीमा भने भारत तेस्रो नम्बरमा छ। अहिलेसम्म अमेरिकामा दुई लाख पाँच हजार ४७१ र ब्राजिलमा एक लाख ३८ हजार १५९ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...