कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

Covid 19

काठमाडौँ । बर्दियाका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेशनल मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका–७ का ६४ वर्षीय पुरूषको मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएका उनको निमोनिया बढ्दै गएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकश पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...