वीर अस्पतालमा शवबाट अंग निकालिएको हल्ला, के भन्छ अस्पताल ?

C2f08727f4db241c9ce10881ca0d2107 w1000 h500 cp

काठमाडौँ । वीर अस्पतालमा केही दिन अघि एक कोरोना संक्रमित मृतकको शवबाट अंग निकालिएको भन्ने विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति अस्पतालले ध्यानाकर्षण भएको जनाएको छ । कैदी रामलखन जैसवालको शव सडे गलेकोले अंगहरुको रुप परिर्वतन भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

३ दिन अघि केन्द्रीय कारागारबाट वीर अस्पताल पुर्याएका उनको तत्कालै मृत्यु भएको अस्पताले जनाएको छ । शव गृहमा राखेको शव सड्न गल्न थालेको र अंगहरु परिर्वतन भएको अस्पतालको भनाई छ ।

वितग ३ दिन देखि मृतकको शव, शवगृहमा रहेकोले सड्ने गल्ने प्रक्रिया शुरु भइसकेको र शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किएको अवस्था हो । यो शवलाई उपयुक्त रेफ्रिजेरेटमा नराख्दा हुने सामान्य प्रक्रिया हो’ अस्पतालले भनेको छ । मृतकका आफन्तले भने अस्पतालमा अंग चोरी भएको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...