कोरोना संक्रमणबाट युगाण्डामा एक नेपालीको मृत्यु

7e248c089ba032550c4a450bfa940410 w1000 h500 cp

एजेन्सी । कोरोना संक्रमणबाट अफ्रिकी राष्ट्र युगाण्डामा एक नेपालीको मृत्यु भएको छ । विगत १४ वर्षदेखि युगाण्डामा रहँदै आएका योगेन्द्रप्रताप सेन ठकुरीको निधन भएको गैर आवासीय नेपाली संघ युगाण्डाका पूर्व अध्यक्ष रमेश कँडेलले बताए । ठकुरी ४७ वर्षका थिए । कोरोना संक्रमित उहाँको एक सातादेखि भ्यान्टिलेटरमा राखेर उपचार भैरहेको थियो। आज बिहान निधन भयो पूर्व अध्यक्ष कँडेलले भने ।

ठकुरी १४ वर्षदेखि युगण्डाको राजधानी कम्पालामा सेफको रुपमा कार्यरत रहेका थिए । पछिल्लो विवरणअनुसार युगाण्डामा ६ हजार ४६८ जना संक्रमित भएका छन् । कोभिड १९ को कारण ६३ जनाको मृत्यु भएको छ। अफ्रिकामा यसअघि कोरोना संक्रमणको कारण अर्का एक नेपालकीको मृत्यु भएको छ। दक्षिण अफ्रिकामा रहँदै आएका नियालसन बाखिम लिम्बुको निधन भएको एनआरएनएका पूर्व केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...