थप ८,२३ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, निको हुनेको संख्या ४,८६१ पुग्यो

98656

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट  ८ सय २३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरबाट ८ सय २३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४८ हजार ६१ पुगेको छ । 

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार १ सय ४२ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ७१ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ९ सय ४९ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ४ सय ९३ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख ३४ हजार ९ सय ७७ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस