घटेन काठमाडौं उपत्यकाभित्र संक्रमितको संख्या, उपत्यकामा १८०३७ पुग्यो संक्रमितको संख्या

Kathmandu 22

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ११ ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना गरी जम्मा ६ सय ४७ जनालाई कोरोना संक्रमण देखिएको छ ।

पहिल्लो २४ घण्टामा १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल देशभर १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित छन् । यीमध्ये ८ हजार ९ सय ४९ होम आइसोलेसनमा छन् भने ९ हजार १ सय ९३ जना संस्थागत आइसोलेसनमा छन् ।

हालसम्म ९ लाख ३४ हजार ९७७ जनाको परीक्षण भएको छ। हाल ७ हजार १७१ जना क्वारेन्टाइनमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...