भेरी अस्पतालका निमित्त मेसु डा. प्रकाश थापालाई कोरोना संक्रमण

Bheri hospital mesu thapa

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी कोरोना नियन्त्रण तथा रोकथाम अभियानको फ्रन्टलाइनमा रहेर काम गरिरहेका थिए ।

शरीर थकित हुँदै ज्वरो पनि देखिएपछि शंका लागेर स्वाब दिएको र भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा मंगलबार आफूलाई कोरोना पोजेटिभ देखिएको डाक्टर थापाले बताए ।

हाडजोर्नी विशेषज्ञ समेत रहेका डा. थापासँगै भेरीमा कार्यरत झण्डै एकदर्जन विशेष चिकित्सक सहित भेरीमै कार्यरत दुई दर्जनबढी स्वास्थ्यकर्मीमा यसअघि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमित अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीहरु निको भएर काममा फर्किइसकेका छन्  ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...