देखिन थाल्यो कोरोनाको अर्को खतरनाक लक्षण

Covid 4nntbl4kwx

एजेन्सी । कोरोनाभाइरसका नयाँ नयाँ लक्षणहरू देखिन थालेका छन् । बेलायतको नेसनल हेल्थ सर्भिसले शुरूमा कोरोनाको प्रमुख लक्षण सुक्खा खोकी र ज्वरो हो भनेको थियो । तर अब अर्को लक्षण पनि देखिन थालेको छ । विज्ञहरूले दाबी गरेअनुसार, कोरोना संक्रमितलाई बोल्न पनि समस्या हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनका स्वास्थ्यविद्हरूले कोरोना पोजिटिभ मानिसलाई बोल्न नै समस्या हुन्छ । यस्तो लक्षण देखिएमा तत्कालै चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । विज्ञहरूले भने, ‘कोरोनाका सबै रोगीलाई बोल्न र संवाद गर्न समस्या आएको हैन ।

अन्य लक्षण जस्तै यो लक्षण पनि लुकेको हुन सक्छ वा ढिलो गरी आएको हुन सक्छ । तर कुनै मानिसमा यो लक्षण देखिएमा एकदमै सावधान हुनुपर्छ ।’ बोल्न गाह्रो हुनु भनेको शारीरिक वा मनोवैज्ञानिक समस्याको संकेत पनि हुन सक्छ । यसअघि जिभ्रोले स्वादको चाल नपाएको लक्षण पनि देखिएको थियो ।

अघिल्लो साता अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयका अनुसन्धाताहरूले कोरोना रोगीहरूमा साइकोसिस नामक खतरनाक मानसिक रोगको समस्या पनि देखिएको बताएका थिए । अनुसन्धानमा संलग्न डा.एली ब्राउनले कोभिड–१९ का कारण मानसिक तनावको खतरा बढ्ने बताएका थिए । साइकोसिसले गर्दा नै कोभिड–१९ का रोगीहरूलाई बोल्न, सुन्न र स्वाद चाख्न गाह्रो पर्ने चिकित्सकहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...