पत्रकारसहित चारजनामा कोरोना संक्रमण पुष्टि

Corona test19

राजविराज । सप्तरीमा सोमबार एक पत्रकारसहित ४ जना संक्रमित भएका छन्। स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले दिएको जानकारी अनुसार खडक नगरपालिका–८ की ३० वर्षीया पत्रकार, तिलाठी कोइलाडी गाउँपालिका–८ का ८ वर्षीय तथा तिरहुत गाउँपालिका– १ का १५ र ६० वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार संक्रमितहरुको तथ्यांक सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ। यो समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार २०६ पुगेको छ। स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार ८२२ जना निको भएर घर फर्किएका छन्।

यसैगरी कोरोना रिपोर्ट पोजिटिभ आएको केही घण्टामा नै मृत्यु भएकी बिष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको सोमबार अपरान्ह मात्र शव व्यवस्थापन भएको छ।

शव व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यक पर्ने स्काभेटर सर्भिसिङ्गमा भएकाले शव व्यवस्थापन गर्न ढिलाई भएको जानकारी दिनुहुँदै बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले मृतककै गाउँ मुसहरनियामा शव व्यवस्थापन गरिएको जानकारी दिए।

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन कार्यविधि २०७६ मा शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनु पर्ने उल्लेख छ। महिलाको आइतबार रिपोर्ट पोजिटिभ आएपछि आइसोलेशन केन्द्र लैजाने बित्तिकै अपरान्ह मृत्यु भएको थियो। महिलाको मृत्यु भएसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या २ महिलासहित १० जना पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...