‘आँशु लुकाउन मिल्ला तर महिनावारी रोकिँदैन’

Mahinabari 1 300x140

काठमाडौँ । गलकोट नगरपालिकाले महिलालाई महिनावारीको समयमा आवश्यक पर्ने सेनेटरी प्याड तथा झोला बनाउन तालिम प्रदान गरेको छ । कोरोनाकहरका बीच सीमान्तकृत समुदायका महिलालाई सामाजिक दूरी कायम गर्दै ती तालिम सञ्चालन गरेको नगरपालिकाकाले जनाएको छ ।

आफ्ना लागि आवश्यक प्याड आफैँ उत्पादन गर्ने तथा विक्री समेत गरी आय आर्जन वृद्धि गर्ने उद्देश्यले तालिम दिइएको हो । चार दिने तालिममा नगर क्षेत्रका करिब १५ जना विपन्न र दलित महिलाको सहभागिता रहेको थियो । नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत पँखेटा नेपालको सहयोगमा सो तालिम सम्पन्न गरेको हो ।

“सङ्कटमा केही दिनभोक खप्न सकिएला, आँशु लुकाउन मिल्ला तर महिनावारी रोकिँदैन,” नगरपालिकाकी उपप्रमुख रेणु काउचा मगरले भनिन्, “सङ्कटको बेला स्वास्थ्यको झन ठूलो महत्व हुन्छ भन्ने ठानेर हामीले सुरक्षाका बीच तालिम आयोजना गरेका हौँ ।” उनका अनुसार तालिममा पररम्परागत रुपले सिलाइ पेशामा आवद्ध महिलालाई विशेष प्राथमिकता दिइएको थियो ।

तालिमको लागि मात्र तालिम नहोस् र त्यसबाट महिलाले व्यावसायिक लाभ पनि लिन सकून् भन्ने हिसाबले तालिमका प्रशिक्षार्थी छनौट गरिएको उनको भनाइ थियो । पुस्ताबाटै सिलाइ कटाइ सिकेका महिला तालिममा सहभागि हुँदा उत्पादन गुणस्तरीय भएको र बजारको सम्भावना पनि रहेको उनले जानकारी दिइन् ।

“झोला र प्याडगुणस्तरीय पनिहोस् र उपभोग पनिहोस् भन्ने सोचले कामगरिएको हो,” उनले भनिन्,“हामीमहिलादिदीबहिनीकाउत्पादनहरुकाृ बजारीकरणमापनि सघाउने पक्षमाछौं ।”तालिमका सहभागिले निकै खुशी व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘तँ डुमले हाम्री छोरी लिन खोज्ने’ भन्दै कुटिए दिनेश नेपाली, प्रहरीले अस्पतालबाट समातेपछि भयो कोरोना

Dinesh nepali

डोटी । पछिल्ला केही समययता अन्तरजातीय प्रेम वा विवाह गरेका विषयमा दलित युवाहरु निर्घात कुटिने मात...