देशैभर थप ११५४ जनामा कोरोना संक्रमिण पुष्टि, कुल संक्रमित संख्या ६५,२७६ पुग्यो (जिल्लागत सुचीसहित)

Corona up

काठमाडौं । मुलुकमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ५४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ६ सय ११ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ४ सय ३ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ९० रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर परीक्षण भएको छ ।

हेर्नुस् सूची

 

प्रतिकृया दिनुहोस