नेपालगञ्ज कारागारका कोरोना संक्रमित कैदीको भेरी अस्पतालमा मृत्यु

Corona4

बाँके । नेपालगञ्ज कारागारका कोरोना संक्रमित कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत गुर्भाकोट नगरपालिका–४, सहारेका ५८ वर्षीय कैदीको आज बिहान ६.२५ बजे मृत्यु भएको हो ।

सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएका उनमा यही भदौ २१ गते कोरोना पुष्टि भएपछि २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो । भेरी अस्पतालले उपचारारत उनमा दम बढेपछि आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...