आईसीयूमा उपचाररत थप दुई जनाको मृत्यु

Mritu

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन् ।

कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवती रहेको कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिए ।

उनका अनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत उनको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै सोही कलेजमा उपचारका क्रममा चितवनका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुष रहेका छन् । निर्देशक लम्सालका अनुसार गत भदौ २६ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई अस्पताल भर्ना भएका उनको असोज ३ गते कोरोना पुष्टि भएको थियो ।

उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ । उक्त अस्पतालमा हालसम्म १४ जना संक्रमितको मृत्यु भईसकेको छ । जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । जसमध्ये १८ चितवनका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...