प्राचिन जडिबुटी खोज्न थाल्यो डब्लुएचओ, के जडिबुटीले निको हुन्छ त कोरोना ?

Aayurbed who 1

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध खोप विकास गर्नका लागि विश्वभरका वैज्ञानिक लागिपरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पहिलो पटक यस घातक रोगको उपचारको लागि जडिबुटी औषधिमा सम्भाव्यताको खोज गरेको छ ।

डब्ल्युएचओले शनिबार कोविड १९ र अन्य रोगहरूको उपचारको लागि अफ्रिकाको जडिबुटी औषधि परीक्षण मापदण्डलाई समर्थन गरेको छ । डब्ल्युएचओले यस रोगसँग लड्न पुरातन औषधिहरूको प्रयोगको मुद्दा पनि उठाएको छ ।

करिब १ महिनाअघि पूर्वी अफ्रिकी देश मदागास्करका राष्ट्रपति आन्द्रे रजोलिनाले मलेरियाको उपचारमा प्रयोग हुने एक औषधीय जडिबुटी आर्टमिसियाबाट बनेको पेय पदार्थको प्रचार गरेका थिए । यसको ठीक एक महिनापछि डब्ल्युएचओले हर्बल औषधि परीक्षणको समर्थन गरेको हो ।

उक्त पेय पदार्थको नाम कोविड अग्र्यानिक ड्रिङ्क, सिभिओ राखिएको छ । रजोलिनाले उक्त पेय पदार्थलाई कोभिड १९ को उपचारमा उपयोगी बताएका छन् । अहिले मदागास्कर बाहेक, अफ्रिकाका अन्य देशहरूमा उक्त पेय पदार्थलाई लगिएको छ ।

डब्ल्युएचओका विशेषज्ञहरु र अन्य दुई संस्थाका सहकर्मीहरुले अफ्रिकी जडिबुटी औषधिको क्लिनिकल परीक्षणको तेस्रो चरणको लागि समर्थन गरेका छन् । यो नयाँ मेडिकल उत्पादनको प्रभावकारिता र सुरक्षा जाँच गर्न परीक्षणको तेस्रो चरण धेरै महत्वपूर्ण हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...