काठमाडौं उपत्यकाका ६ सहित थप १० जनाको मृत्यु

Corona dead body

काठमाडौं । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६ सहित १० जनाको मृत्यु भएको छ । मृतकमा ६ महिला र ४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ज्यान गुमाउनेमा काठमाडौंमा ४ तथा ललितपुर र भक्तपुरमा १–१ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुषको मृत्यु भएको छ । धनुषामा ७६, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पामा ४० वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...