पछिल्लो २४ घन्टामा १३२५ जनामा कोरोना संक्रमण, यस्तो छ जिल्लागत सुची

Corona test19

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार ५ सय ८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय २५ जनासहित देशभर संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ४६ हजार २ सय ३३ जना निको भएर घर फर्किएका छन् भने ४ सय ११ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

हेर्नुस् सूची

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...