क्यान्सर अस्पताल भरतपुरका कर्मचारी मृत भेटिए

Mritu

भरतपुर । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत एक कर्मचारी अस्पताल परिसरमै मृत भेटिएका छन्। अस्पतालको इन्जिनियरिङतर्फ काम गर्दै आएका सूर्य मिश्र अस्पताल परिसरमै रहेको नहरमा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। अस्पतालका कर्मचारीले भने हत्याको आशंका गरेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको देखिने कुनै प्रमाण फेला नपरेको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए।

शनिबार मृत भेटिएका ती व्यक्तिको पोष्टमार्टम गरिए पनि रिपोर्ट आउन बाँकी छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...