कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतक संख्या ४ सय नाघ्यो

Corona 13 e1590631748141

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सात महिला र चार पुरुष छन्।

मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षीया महिला, सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरकी ७६ र ६८ वर्षीया महिला तथा ६० वर्षीय पुरुष, काठमाडौँकी ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरकी ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको छ।

प्रतिकृया दिनुहोस