चितवन र बुटवलमा दुई जना कोरोना संक्रमितको मृत्यु

Dead ihx8ctnygo 19

काठमाडौं । चितवन र बुटवलमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको र बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

रौतहटकी महिलाको विहान ५ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । भदौ २८ गते आकस्मिक कक्षमा भर्ना भएकी उनलाई ल्याउनेवित्तिकै आइसियूसहित भेन्टिलेटरमा राखिएको थियो ।

उनमा भदौ २९ गते कोरोना संक्रमण पोजेटिभ आएको थियो । उनलाई निमोनिया, थाइराइड र उच्च रक्तचापको समस्या समेत भएको पाइएको डा। लम्सालले जानकारी दिए । चितवनमा कोरोना संक्रमितको भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जिल्लाका मात्रै १७ जना छन् ।

यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको आज बिहान १ बजे मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । निमोनियाको समस्या रहेका उनी भदौ २२ गतेदेखि नै आईसीयूमा उपचाररत थिए । योसँगै बुटवलमा २ जना महिला र ६ पुरुषसहित ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘तँ डुमले हाम्री छोरी लिन खोज्ने’ भन्दै कुटिए दिनेश नेपाली, प्रहरीले अस्पतालबाट समातेपछि भयो कोरोना

Dinesh nepali

डोटी । पछिल्ला केही समययता अन्तरजातीय प्रेम वा विवाह गरेका विषयमा दलित युवाहरु निर्घात कुटिने मात...