कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च २४ घण्टामा थपिए २ हजार २० संक्रमित (सुचीसहित)

254535

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ३ सय ८३ जना कोरोना संक्रमित छन्। क्वारेन्टिनमा रहेकाहरुको संख्या ७७३६ रहेको छ ।

हेर्नुस् सूची

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...