थप १,२४३ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, निको हुनेको कुल संख्या ४२,९४९ पुग्यो

Koshi  dd

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४३ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार २ जना ४३ निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १६ हजार २ सय ४१ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८ सय ८३ रहेको छ ।यस्तै होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ३ सय ३८ सय रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ८ लाख ८२ हजार ९ सय १५ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...