आज कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ? (जिल्लागत सूचीसहित)

878976546

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ भने देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ। संस्थागत आइसोलेसनमा रहेकाको संख्या ७ हजार ९०३ रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार ६४१ पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा अहिलेसम्म ८ लाख ८२ हजार ९१५ पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।

हेर्नुस् सूची

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...