विश्‍वमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो, करिब साढे ९ लाखको मृत्यु

Corona world

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ३ करोड नाघेको छ । आज बिहानसम्म विश्वमा ३ करोड ३४ हजार ४ सय ३५ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको वल्डोमिटर्सले जनाएको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ४५ हजार ५१ जनाको मृत्यु भएको छ । विश्वमा रहेका संक्रमितमध्ये हालसम्म २ करोड १८ लाख ९ सय १९ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

अहिले विश्वमा उपचाररत कोरोना संक्रमितको संख्या ७२ लाख ८८ हजार ३ सय ५८ रहेको छ, जसमध्ये ७२ लाख २७ हजार १ सय ४४ जनाको अवस्था सामान्य रहेको छ भने ६१ हजार २ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसयता यो भाइरस विश्वका २१५ देश तथा क्षेत्रमा फैलिसकेको छ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या अमेरिकामा छ । अमेरिकामा हालसम्म ६८ लाख २८ हजार ३०१ जना संक्रमित फेला परेका छन् । अमेरिकामा कोभिड–१९ बाट २ लाख १ हजार ३४८ जनाको मृत्यु भइसकेको छ।

अमेरिकापछि कोरोना संक्रमितको ठूलो संख्या छिमेकी देश भारतमा छ। भारतमा हालसम्म ५१ लाख १५ हजार ८९३ जनामा कोरोना संक्रमित फेला परेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...