थप १ हजार ६८ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, निको हुनेको संख्या ४१ हजार ७ सय ६ पुग्यो

19 04 2020 coromukt 20205738

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६८ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४१ हजार ७ सय ६ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७१ दशमलव ५ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १६ हजार २ सय ४२ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८ सय २० रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय १ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना छन् ।

पछिल्लो घण्टामा देशभर १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ८ लाख ७२ हजार २ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...