रुपन्देहीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

Death corona

रुपेन्देही । रुपन्देहीमा सोमबार थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ज्वरो क्लिनिकमा उपचाररत् सिद्धार्थनगर नगरपालिका ५ की ६४ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पालका सूचना अधिकारी डा. विष्णु गौतमले सोमबार बिहान अस्पतालमा भर्ना भएकी उनको आज दिउँसो साढे २ बजे मृत्यु भएको जानकारी दिए । सिकिस्त अवस्थामा अस्पताल आएकी उनको जिन एक्सपर्ट मेसिनमार्फत् पिसिआर परीक्षणसँग उपचार सुरू गरिएको थियो ।

उच्च ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर आएकी उनको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा.गौतमले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...