बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Covid 19

काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नं ६ का ६० वर्षीय पुरुषको शुक्रबार साँझ मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले ज्वरो खोकी र स्वासप्रस्वासको समस्या लिएर शुक्रबार नै अस्पताल आएका उनको साँझ मृत्यु भएको जानकारी दिए।

अस्पतालको फिबर क्लिनिकमा आएका उनको जिन एक्सपर्ट मेसिनबाट स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको र आईसियूमा राखी उपचार सुरू भएपछि उनको मृत्यु भएको डा गौतमले बताए।

उनी लामो समयदेखि दम तथा छारेरोगको दीर्घ रोगी समेत रहेको डा। गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...