चितवनमा थपिए ८७ कोरोना संक्रमित

Corona test19

चितवन । भरतपुर अस्पतालले गरेको परिक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालको कोभिड ल्याबकी प्रमुख डा नितु अधिकारीले दिएको जानकारी अनुसार गएराती १२ बजेसम्म गरिएको ५३३ नमुना परिक्षणमा ८७ नमुना पोजेटिभ देखिएको छ ।

नयाँ संक्रमितहरु सबै चितवन जिल्लाका रहेका छन् । जसमध्ये भरतपुर महानगरको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२ र १५ का २३ महिला र ५० पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पताल र पुरानो मेडिकलको क्वारेन्टाइनबाट स्व़ाब संकलन गरिएको थियो ।

त्यस्तै रत्ननगरको वडा नम्बर १३ र १५ का २ महिला रहेका छन् भने खैरहनी(१ का २ पुरुष र २ महिला रहेका छन् । त्यसैगरी कालिका नगरपालिका वडा नम्बर २, ७ र ८ का ६ जना पुरुष र २ महिला गरि ८ जना रहेका छन् । उनीहरुको स्व़ाब क्वारेन्टाइनबाट लिइएको अस्पतालले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...