झुम्का कारागारका कोरोना संक्रमित कैदीको मृत्यु

Covid 19

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् झुम्का कारागारका एक कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

सुनसरीको रामधुनी –५ का ४३ वर्षीय कोरोना संक्रमित पुरूषको शुक्रबार मृत्यु भएको हो । मृतक विगत एक वर्षदेखि झुम्का कारागारमा रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले बताए।

शुक्रबार बिहान कोरोना पोजिटिभ देखिएपछि उनलाई इनरूवा जिल्ला अस्पतालबाट रिफर गरेर प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको थियो। उनको शुक्रबार दिउँसो साढे ४ बजे मृत्यु भएको सापकोटाले बताए। मृतकलाई १० दिनदेखि ज्वरो, खोकी र स्वास प्रस्वासमा समस्या भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...