लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

Covid 19

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालको फिभर क्लिनिकमा रुपन्देहीका देवदह–६ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पताल मेडिकल विभाग प्रमुख डा सुर्दशन थापाले बताए ।

उनलाई ज्वरो आएपछि शुक्रबार बिहान अस्पताल ल्याईएकोमा एक्सपर्ट एमरजेन्सी टेस्टबाट पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो । कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले क्लिनिकमै अक्सिजन थेरापी दिएर उपचार गराइरहेका उनको अहिले साँझ ५ बजे मृत्यु भएको हो ।

उनलाई दमको रोग समेत थियो। यसअघि आजै बिहान पनि बुटवलको कोरोना अस्पतालमा नवलपरासी सुस्ता–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । योसँगै लुम्बिनी प्रदेशिक अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ भने कोरोना बिशेष अस्पतालमा मृत्यु हुनेको संख्या ११ पुगेको डा थापाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...