कोरोना संक्रमणबाट एक युवाको मृत्यु

Covid 19

कपिलवस्तु । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका ६ का २९ वर्षीय पुरुष भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत २२ गते स्वास प्रश्वासमा समस्या देखिए पछि उनलाई थप उपचारका लागि काठमाण्डौं स्थित शिक्षण अस्पतालमा लगिएको थियो। शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

उनी मृगौला र उच्च रक्तचापबाट विरामी भएका थिए। मृतक पुरुष दैनिक ज्याला मजदुरी गर्ने गरेका थिए। यो संगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...